५ कार्तिक २०८३, बिहिबार

कम्युनिस्ट आन्दोलन समाज रुपान्तरणको अभिन्न पक्ष बनेको छ : भट्टराई

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ९ वैशाख । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री योगेश भट्टराईले नेपालमा कम्युनिष्ट आन्दोलनले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७२ वर्ष पुगेको अवसरमा आज बिहीबार सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै भट्टराईले एकता र विभाजनको लामो श्रृङ्खला पार गर्दै नेपालको कम्युनिस्ट आन्दोलन नेपाली समाजको लोकतान्त्रिक रुपान्तरणको अभिन्न पक्ष बन्न पुगेको बताएका हुन् ।

नेपाली कम्युनिष्ट आन्दोलनले आजसम्म भोगेका कठिन मोडहरुमध्ये आज सबैभन्दा कठिन अवस्थामा रहेको बताउँदै नेता भट्टराईले नेकपा एमालेको एकता जोगाउनुपर्नेमा जोड दिएका छन् । ‘यो आन्दोलनले आजसम्म भोगेका कठिन मोडहरु मध्ये आज सबैभन्दा कठिन अवस्थामा रहेको छ,’ उनले लेखेका छन्, ‘नेकपा एमालेको एकता जोगाउँदै कम्युनिस्ट आन्दोलनको रक्षा गर्न कम्युनिस्ट आन्दोलनका सबै नेता, कार्यकर्ता तथा शुभचिन्तकहरु गम्भीर बनौ र बिवेकसम्मत ढंगले अघि बढौ !’

उनले पार्टीका संस्थापक नेताहरु पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोबिन्द बैध्य, नारानविलास जोशी र मोतिदेबी श्रेष्ठ लगायत अग्रज नेताहरु मनमोहन अधिकारी, मदन भण्डारी, तुल्सिलाल आमात्य, निर्मल लामा, बिष्णुबहादुर मानन्धर, सहाना प्रधान, जीवराज आश्रित लगायत सबै नेताहरुप्रति श्रद्धा सुमन प्रकट गरेका छन् ।

७२ वर्षअघि सन् १९४९ अप्रिल २२ मा पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।