५ कार्तिक २०८३, बिहिबार

गुटबन्दी नस्वीकार्ने भन्दै माधव नेपाललाई ओलीको चेतावनी– संवादको पहललाई कमजोरी नठान्नू

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसँग गरिएको संवादलाई कमजोरी नठान्न चेतावनी दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७३औं स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा बल्खुस्थित मदननगरमा केन्द्रीय कार्यालय भवन शिलान्यास गर्दै ओलीले कसैले गुटको प्रतिनिधित्व गर्दै कुरा गर्न खोज्छ भने अब एमालेमा त्यो सम्भव नरहेको प्रष्ट पार्दै उक्त चेतावनी दिएका हुन् ।

आफूले वार्ताका लागि गरेको पहललाई कमजोरी ठानेर गुटगत व्यवहारमा नलाग्न चेतावनी दिँदै ओलीले एमालेमा अब गुटगत कार्यहरुको लागि कुनै स्थान नभएको स्पष्ट पारेका छन् ।

समानान्तर गतिविधिमा लागेका सबै नेता कार्यकर्तालाई बिनाशर्त पार्टीमा फर्कन आग्रह गर्दै ओलीले अब पार्टीमा कुनै पनि गुटगत व्यवहार र समूहसँग स्वार्थकेन्द्रित वार्ता नहुनेमा जोड दिएका छन् ।

पार्टीमा गुटको प्रतिनिधित्व गर्दै कोही आउँछ भने उक्त व्यक्तिसँग कुनै पनि शर्तसहितका वार्ता नहुने ओलीको भनाइ छ । केही व्यक्तिहरुले आफूलाई सडकबाटै कारबाही गरेको भए पनि आफूहरूमा त्यस्तो संस्कार नरहेको बताउँदै ओलीले आफू पार्टीको विधान र नीतिअनुसार सम्झाइबुझाइ गर्दै अगाडि बढ्ने पक्षमा रहेको पनि स्पष्ट पारेका छन् ।