५ कार्तिक २०८३, बिहिबार

अनिष्टबाट जोगिने विश्वाससहित मौलो पूजा सम्पन्न

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ वैशाख । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सशस्त्र प्रहरी गण नम्वर १ नक्सालस्थित मौलोमा गएर मौलो पूजा गरेका छन् ।

नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको मौलो पर्व चैते दशैंका अवसरमा मंगलबार मनाइएको हो । पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बली पूजा तथा निसानमा पञ्जा छाप समेत लगाए ।

साथै प्रहरी महानिरीक्षक क्षेत्रीले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र खाँ थारुलाई नगद पुरस्कार प्रदान गरेका छन् ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृतहरु समेतले मौलो परिक्रमा गरेका थिए भने पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो ।

संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्तक होस् भनी निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ ।

नेपाल प्रहरीले वि.स. २०११ सालमा निशान झण्डा प्राप्त गरेपश्चात हरेक वर्ष वडा दशैं र चैते दशैंमा निरन्तर रुपमा मौलो पूजा गर्दै आएको छ ।