
काठमाडौं, ७ वैशाख । नेकपा एमालेले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै प्रतिनिधिसभाका २७ र कर्णाली प्रदेशका ५ जना सांसदहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
कारबाही प्रक्रियामा सांसद माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललगायत छन् । उनीहरुलाई पार्टी अनुशासन उल्लंघन गरेको भन्दै संसद सदस्यबाट किन कारबाही नगर्ने भनी प्रश्नसहितको स्पष्टीकरणपत्र पठाइएको छ ।
सोमबारको केन्द्रीय कमिटी बैठकले यसअघि निलम्बन गरिएका चार नेतासहित कर्णालीका फ्लोर क्रस गर्ने, गर्न उक्साउने र संघीय संसदमा पनि फ्लोर क्रस गर्ने बैठकहरूमा सहभागी भएका सांसदलाई दुई दिनको समय दिएर स्पष्टीकरण माग्ने निर्णय गरेको थियो ।
सोही अनुसार स्पष्टीकरणको दायराभित्र यि सांसदहरु परेका छन्, हेर्नुहोस् सूची–
१) माधवकुमार नेपाल
२) भीम रावल
३) सुरेन्द्र पाण्डे
४) घनश्याम भुसाल
५) पवित्रा निरौला
६) झपट रावल
७) मेटमणि चौधरी
८) यज्ञराज सुनुवार
९) जीवनराम श्रेष्ठ
१०) झलनाथ खनाल
११) विरोध खतिवडा
१२) सोमप्रसाद पाण्डे
१३) भवानी खापुङ
१४) नारायण खतिवडा
१५) जयकुमार राई
१६) गणेश पहाडी
१७) दिपकप्रकाश भट्ट
१८) योगेशकुमार भट्टराई
१९) हिराचन्द्र केसी
२०) पुष्पाकुमारी कर्ण कायस्थ
२१) कल्याणी खड्का
२२) लक्ष्मीकुमारी चौधरी
२३) सरलाकुमारी यादव
२४) कृष्णलाल महर्जन
२५) नीरादेवी जैरु
२६) मुकुन्द नेउपाने
२७) रामकुमारी झाक्री
कर्णाली प्रदेशका सांसदः
१) प्रकाश ज्वाला
२) नन्दसिंह बुढा
३) कुर्मराज शाही
४) अम्बरबहादुर थापा
५) देवी ओली















प्रतिक्रिया