५ कार्तिक २०८३, बिहिबार

पार्टी अनुशासन उल्लंघन गर्ने ३२ जना सांसदलाई एमालेले आजै स्पष्टीकरण सोध्ने

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ वैशाख । पार्टी अनुशासन उल्लंघन गरेको भन्दै नेकपा एमालेले आफ्ना ३२ जना सांसदलाई स्पष्टीकरण सोध्ने भएको छ ।

एमालेले माधव नेपाल पक्षका २७ संघीय सांसदसहित ३२ जनालाई आजै स्पष्टीकरण सोध्ने तयारी गरेको छ । आजै उनीहरूलाई स्पष्टीकरणपत्र पठाइन लागिएको एमाले स्रोतले जनाएको छ ।

स्पष्टीकरणको दायराभित्र पर्ने सांसदहरुमा कर्णालीमा ‘फ्लोर क्रस’ गर्नेदेखि पार्टी हितविरुद्ध समानान्तर गतिविधिमा संलग्न हुनेहरुसम्म छन् । यसअघि एमालेले माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुषाललाई स्पष्टीकरण सोधेको थियो ।

चित्त बुझ्दो स्पष्टीकरण नआएको भन्दै उनीहरुलाई ६ महिनाका लागि निलम्बन गरिसकेको छ ।