बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

बालुवाटारमा प्राणप्रतिष्ठा गरेर अयोध्यापुरी पठाइयो राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति

दैनिक नेपाल २०७८ वैशाख ७ गते ११:४८

काठमाडौं, ७ वैशाख । चितवनको अयोध्यापुरीमा राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवतरूपमा पूजा गरी चितवन पठाइएको छ ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले मूर्तिहरूको पूजा गरेर मूर्तिहरु चितवन पठाइएको हो । अलग–अलग रथमा राखेर राम, लक्ष्मण, सीता र हनुमानका प्रतिमा चितवन पठाइएको छ ।

मूर्तिहरू लिएर गएको रथ आज चितवनको देवघाट रहने र भोलि बिहान माडीको अयोध्यापुरी लगिने छ ।

प्रतिक्रिया
सम्बन्धित