शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

सामुदायिक वन उपभोक्ता महासंघ नेपालको लुम्विनी प्रदेश परिषद देउखुरीमा हुने

दैनिक नेपाल २०७८ वैशाख ७ गते ११:२२

दाङ, बैशाख ६ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्विनी प्रदेश परिषद लुम्विनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा हुने भएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ दाङको हिजो सोमवार घोराहीमा सम्पन्न बैठकले परिषद भेलालाई पूर्ण रुपमा सफल पार्ने निर्णय गरेको हो । वन महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदीको अध्यक्षता एंव वन महासंघका केन्द्रीय उपाध्याक्ष भिमप्रकाश खड्काको प्रमुख आतिथ्यतामा भएको बैठकले लुम्विनी प्रदेशभित्र रहेका १२ वटै जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहने भेलालाई सफल पार्न सहयोगका लागि सवैलाई आग्रह गरेको छ ।

देउखुरीको गढवा गाउँपालिका वडा नं १ महदेवा स्थित कुलपानी सामुदायिक वनको भवनका तय गरिएको भेला सफल पार्नका लागि बैठकले गढवा वन महासंघका अध्यक्ष नवराज शर्माको संयोजकत्वमा चार सदस्यीय व्यवस्थापन समिति र जिल्ला महासंघका अध्यक्ष भूपेन्द्र सुवेदीको संयोजकत्वमा जिल्ला महासंघका पदाधिकारी एंव सदस्य र स्थानीय महासंघका अध्यक्षहरु सदस्य रहेको आर्थिक समिति पनि गठन गरेको बैठकपछि वन महासंघका सचिव जानका केसीले जानकारी दिए ।

बैठकले बढ्दो वन डढेलो नियन्त्रणका लागि सजक रहन जिल्लाका सवै वन समूहहरुलाई आग्रह गरेको छ । बढ्दो कोरोना महामारीबाट आफू पनि बच्न र अरुलाई पनि बचाउने गरी क्रियाकलाप गर्न आफ्ना उपभोक्ताहरुलाई वन महासंघ दाङको बैठकले अनुरोध गरेको छ ।

बैठकका स्थानीय महासंघका अध्यक्ष तथा महासंघका सदस्यहरुले आफ्नो गाउँतहमा भएका गतिबिधिबारे जानकारी गराएका थिए । बैठकका प्रमुख अतिथि वन महासंघका केन्द्रीय उपाध्यक्ष भिमप्रकाश खड्काले स्थानीय सरकारहरुले वन तथा वातावरणको क्षेत्रमा वन समूहहरुसँग समन्वय गरी कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।

लुम्विनी प्रदेश परिषद भेला बैशाखको १७ र १८ गतेका लागि तय गरिएको र पछिल्लो कोरोना सक्रमणका कारण मिति हेरफेर पनि हुनसक्ने वन महासंघ लुम्विनी प्रदेशका उपाध्याक्ष तिलमराम भण्डारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित