शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

आदर्श सञ्चारका शेयर सदस्यहरुलाई स्वास्थ्य सचेतना

दैनिक नेपाल २०७८ वैशाख ७ गते ११:१२

बागलुङ, ७ बैशाख । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यहरुका लागि स्वास्थ्यसम्बन्धी चेतना अभियान शुरु गरेको छ ।

सदस्यहरुलाई स्वास्थ्य सुरक्षाका बारेमा सचेतना प्रदान गरी स्वास्थ सदस्य बनाउने अभियानका साथ बरेङ गाउँपालिकाबाट अभियान शुरुवात गरिएको संस्थाले जनाएको छ । सदस्यहरुको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर अभियान सञ्चालन गर्ने संस्थाको १४औं वार्षिक साधारणसभाको निर्णय अनुसार स्वास्थ्य सचेतना अभियान थालिएको संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले जानकारी दिइन् ।

सहकारीका सदस्यहरुलाई रोग लाग्नबाट कसरी बच्ने र रोग लागि सकेपछि घरेलु औषधीहरुको प्रयोग कसरी गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिनका लागि स्वास्थ्य सचेतना कार्यक्रम अगाडि बढाएको अध्यक्ष जिसीले बताइन् । आइतबार बरेङ गाउँपालिकाका शेयर सदस्यहरुको सहभागितामा आयोजित कार्यक्रममा सहजीकरण गर्दै धौलागिरी आयुर्वेद औषधालय बागलुङका प्रमुख डा.सरोज रायले स्थानीय रुपमा खेर गइरहेका स्रोतहरुको पहिचान र परिचालन गरी स्वास्थ्य अवस्थामा सुधार ल्याउन सकिने भएकाले यसका बारेमा सचेतना आवश्यक रहेको बताएका छन् ।

‘मानिसको सबै भन्दा ठूलो सम्पत्ति स्वास्थ्य हो, स्वास्थ्य अवस्थालाई व्यवस्थित गराउनका लागि घरेलु स्रोतहरुको अधिकतम उपयोग गर्नु पर्छ,’ कार्यालय प्रमुख रायले भने, ‘रोग लागि सकेपछि उपचारका लागि दौडनु भन्दा रोग नै लाग्न नदिनका लागि खानपानमा घरेलु जडिबुडीको प्रयोगमा ध्यान दिन सके धेरै रोगबाट बच्न सकिन्छ ।’

प्रतिक्रिया
सम्बन्धित