शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अन्नपूर्ण एटीएम लाउञ्जमा नेपाल एसबिआई बैंकको एटीएम सेवा

दैनिक नेपाल २०७८ वैशाख ७ गते ११:०५


काठमाडौं, ७ वैशाख । नेपाल एसबिआई बैंकले दरबारमार्गस्थित अन्नपूर्ण एटीएम लाउञ्जमा आफ्नो एटीएम सेवाको उद्घाटन गरेको छ ।

बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा प्रमुख सञ्चालन अधिकृत यादभेंद्र कांतले उक्त एटीएम सेवाको संयुक्त रुपमा उद्घाटन गरे । उक्त अवसरमा बैंकका सल्लाहकार छपिराज पन्तका साथै बैंकका अन्य कर्मचारीको पनि उपस्थिति थियो ।

यस बैंकले ८८ वटा शाखा, १९ वटा एक्स्टेन्सन काउन्टर, ७ वटा प्रादेशिक कार्यालय तथा एउटा कर्पोरेट अफिसका साथै १२२ वटा एटीएम बुथबाट आफ्नो सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित