बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

चैते दशैं : नवलपुरका धार्मिक क्षेत्रमा दशनार्थीहरुको भीड

दैनिक नेपाल २०७८ वैशाख ७ गते १०:२५

नवलपुर, ७ वैशाख । चैते दशैंको अवसरमा नवलपुरका धार्मिक क्षेत्रमा मंगलबार बिहानैदेखि दशनार्थीहरुको भीड लागेको छ ।

जिल्लामा रहेका देवीहरुको मन्दिरमा बिहानैदेखि भीड लागेको हो । जिल्लाको गैडाकोटमा रहेको मौलाकालिका मन्दिर र दाउन्नेमा रहेको दाउन्ने देवीको मन्दिरमा बिहानैदेखि दशनार्थीहरुको भीड लागेको छ ।

सानो दशैंका रुपमा मानिएको चैते दशैंमा देवी भगवतीको पुजा आराधना गर्नाले सुख शान्ति मिल्ने भन्दै बिहानैदेखि दशर्नार्थीहरु देवीको मन्दिरमा पुगेर पुजापाठ गरेका छन् ।

हरेक वर्ष चैते दशैंमा विविध कार्यक्रम गरिने यहाँका मन्दिरहरुमा भने यो वर्ष कोरोनाका कारण कार्यक्रम आयोजना हुन सकेनन् । तर, दर्शन गर्न आउनेहरुलाई भने बिहानैदेखि मन्दिर खुल्ला गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित