५ कार्तिक २०८३, बिहिबार

संसदलाई पङ्गु बनाउने काम भयो : जनमोर्चा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ वैशाख । राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभाको हिउँदे अधिवेशन अकस्मात अन्त्य गरेर सरकारले संसदलाई पङ्गु बनाएको आरोप लगाएको छ ।

संसदको जारी हिउँदे अधिवेशन अन्त्य गरेकोप्रति विरोध जनाउँदै जनमोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदविरुद्ध लागेको आरोप समेत लगाएको छ । मंगलबार बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त पार्टीले प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको अनुमोदनको विरोध गरेको हो ।

‘हठात रुपमा संसद अन्त्य गरेको कार्यको हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले घोर विरोध तथा भत्र्सना गर्दछ,’ विज्ञप्ति मा लेखिएको छ, ‘ओलीले अधिनायकवादी तथा असंवैधानिक रुपमा २०७७ साल पौष ५ गते संसद भंग गरेका थिए । जनताको आन्दोलनको बलमा तथा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउने कुनै संवैधानिक व्यवस्था नभएका कारण सर्वोच्च अदालतले विघटित संंसदलाई पुनस्र्थापित गरेको थियो । तर ओली पुनस्र्थापित संंसदका समेत विरुद्ध रहँंदै आएका छन् । पुनस्र्थापित संसदविरुद्धको मानसिकताका कारण नै सरकारले संसद अधिवेशन शुरु भएदेखि नै संसदलाई कुनै बिजिनेश (काम) नै नदिई पङ्गु बनाउने र संसदले उठाएका विषयमा कुनै सुनवाई नै नगरी त्यसप्रति घोर उपेक्षाको नीति अपनाउँदै आएको थियो ।’

संसदमा सरकारका विषयमा उठेका सवालहरुको जवाफ दिनु सरकार प्रमुखको नाताले प्रधानमन्त्रीको दायित्व भएको उल्लेख गर्दै जनमोर्चाले संसदीय परम्परा अनुसार पनि त्यसको जवाफ नदिई संसदको नियमित बैठकका लागि तोकिएको मितिमा बैठक बस्न नदिई हठात रुपमा संसद अधिवेशनको अन्त गर्नु धिनायकवादी तथा निरंकुश कदम भएको बताएको छ ।