शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

सुनिल कुमार पोखरेललाई सिभिल बैंकको कायम मुकायम प्रमुखको जिम्मेवारी

दैनिक नेपाल २०७८ वैशाख ६ गते १४:२१

काठमाडौं, ६ वैशाख । सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।

बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले पदबाट दिएको राजीनामा स्वीकृत गर्दै बैंक सञ्चालक समितिले पाखरेललाई नयाँ जिम्मेवारी दिएको हो । हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले सीईओ गुरुङले दिएको राजीनामा वैशाख १८ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।

गुरुङको राजीनामा स्वीकृत गरेसँगै सोही बैठकले पोखरेललाई नयाँ जिम्मेवारी तोकेको हो ।

सिभिल बैंकमा २०६९ असोज २१ गते नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा आवद्ध भएका गोविन्द गुरुङले २०७४ वैैशाख १२ गते कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका थिए । त्यसपछि २०७४ साउन ११ गतेदेखि प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हालेका थिए ।

बैंकले चेञ्ज म्यानेजमेन्टमार्फत संस्थागत संस्कार, कार्यगत संस्कार, कर्जाको गुणस्तर, संस्थागत संरचनामा व्यापक सुधार गरी हालैको वर्षहरूमा व्यवसायको आयतनमा व्यापक वृद्धि गरेको जनाएको छ । गुरुङले प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हाल्दा बैंकको निक्षेप ३३ अर्व ८१ करोड रूपैयाँ, कर्जा ३१ अर्व १९ करोड रूपैयाँ, निष्कृय कर्जा अनुपात ४.६६ प्रतिशत, शाखा संख्या ५१ वटा थियो ।

अहिले बैंकको निक्षेप ८७ अर्व ८९ करोड रूपैयाँ, कर्जा ८१ अर्व ४४ करोड रूपैयाँ, निष्कृय कर्जा अनुपात १.७० प्रतिशत तथा शाखा संख्या ११४ वटा पुगेको छ । उनकै कार्यकालमा यूनिक फाइनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्स मर्जर भएको थियो ।

सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ्ग तथा बैंकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले नायब प्रमुख कार्यकारी अधिकृतदेखि प्रमुख कार्यकारी अधिकृतसम्मको हैसियतले बैंकमा पुर्याएको योगदानको उच्च कदर गर्दै वनलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित