मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

एनआईसी एशिया बैंक​को मोबाइल बैंकिङ्ग एपमा ‘कस्टुमर केयर’ सेवा

दैनिक नेपाल २०७८ वैशाख ६ गते १३:५७

काठमाडौं, ६ वैशाख । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एप ‘एनआईसी एशिया मोबैंक’मा ‘कस्टुमर केयर’ सेवा उपलब्ध गराएको छ ।

ग्राहकका समस्या यथाशिघ्र समाधान तथा सम्बोधन गर्नका लागि बैंकले एनआईसी एशिया मोबैंक मार्फत यस कार्यको थालनी गरेको बैंकले जनाएको छ । कस्टुम केयरबाट डिजिटल बैंकिङ्ग प्रवर्धनमा समेत ठोस टेवा पुग्ने बैंकको विश्वास छ ।

बैंकको एप भित्र रहेको कस्टुमर केयर आइकनमा ट्याप गरेपश्चात् विभिन्न सुविधाहरु उपलब्ध हुने बैंकले जनाएको छ । जसमा च्याट बट, बैंकको प्रतिनिधिसँग सिधा सम्पर्क, गुनासो टिकट, भिडियो ट्यूटोरियल, इमेल सुविधा आदि रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित