शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

प्रजातन्त्र सेनानी पूर्वमन्त्री सुवालको निधन

दैनिक नेपाल २०७८ वैशाख ६ गते १३:४१

काठमाडौं, ६ वैशाख । समाजसेवी एवं पूर्व स्वास्थ्यमन्त्री प्रयागराज सिं सुवालको आइतबार निधन भएको छ ।

९३ वर्षीय सुवालको उनकै निवास झोछेँमा निधन भएको हो । प्रजातन्त्रका लागि लडेका पुराना नेताहरुमध्येका एक उनी लामो समय नेपाली काँग्रेसमा रही राजनीतिमा सक्रिय भएका थिए ।

पञ्चायतकालमा स्नातकहरुमध्येबाट सांसद चुनिएका उनी काठमाडौँ नगरको मेयर समेत भएका थिए । स्वर्गीय सुवालका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया
सम्बन्धित