
काठमाडौं, ६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतमा दुईजना न्यायाधीश नियुक्त गरेकी छिन् ।
न्याय परिषद्ले सिफारिस गरेका मुख्य न्यायाधीशहरू कुमार चुँडाल र नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीश पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
न्यायपरिषद्को फागुन २८ को बैठकले दुवैजनालाई सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरेको थियो ।
यसअघि वैशाख ३ मा संसदीय सुनुवाइबाट दुवैको नाम सर्वसम्मतरूपमा अनुमोदन भएको थियो ।















प्रतिक्रिया