५ कार्तिक २०८३, बिहिबार

राष्ट्रपति भण्डारीद्वारा संसदको अधिवेशन अन्त्य

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको अधिवेशन अन्त्य गरेकी छिन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी हुन् । त्यसअघि आज सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधि सभाको चालू अधिवेशन अन्त्य गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संसद बैठक भने भोलिका लागि तय गरिएको थियो ।