५ कार्तिक २०८३, बिहिबार

धार्मिक तथा साँस्कृतिक कार्यमा २५ र सार्वजनिक स्थलमा ५ जना भन्दा बढी भेला हुन नपाइने

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ६ वैशाख । सरकारले अत्यावश्यक धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरुमा २५ जना भन्दा बढी मानिस भेला हुन नपाउने निर्णय गरेको छ ।

अत्यावश्यक धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरुमा बढी मानिसको भीडा हुने र कोरोना संक्रमणको जोखिम उच्च हुने भएकाले सरकारले यस्तो निर्णय गरेको बताइएको छ । स्रोतका अनुसार अबदेखि विवाह, न्वारान, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान र मलामी लगायतका परम्परागत साँस्कृतिक कार्यमा २५ जना भन्दा बढी भेला हुन पाइने छैन ।

उपस्थितहरुले पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर मात्रै उपस्थित हुनुपर्ने बताइएको छ । यस्तै सार्वजनिक स्थलहरूमा ५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय पनि सरकारले गरेको बताइएको छ ।