५ कार्तिक २०८३, बिहिबार

सिनेमा हल, रात्रिकालीन व्यवसाय र सभा–जुलुस गर्न सरकारले लगायो प्रतिबन्ध, अरु के–के ?

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले सिनेमा हल तथा सम्पूर्ण रात्रिकालीन व्यवसाय बन्द गर्नाका साथै आसभाहरु र जुलुश गर्न पनि प्रतिबन्ध लगाएको छ ।

सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सिनेमा हल र सम्पूर्ण रात्रिकालीन व्यवसायहरू डान्स बार, क्लब, दोहोरी र नाचघरहरु बन्द गर्ने निर्णय गरेको हो ।

यस्तै पार्टी प्यालेस, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल, मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च तथा मेला महोत्सव, पर्व, जात्रा, सभा, आमसभा, जुलुसलगायत भीडभाड हुने सबै स्थान तथा कार्यक्रमहरू वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

यद्यपि शपिङ मल वा डिपार्टमेन्ट स्टो तथा ग्रोसरी पसलहरु भने सञ्चालन गर्न पाइने छ । तर, २५ जना भन्दा बढी मानिसको भीड गर्न नपाइने, दुई व्यक्तिको बीचमा २ मिटर दूरी कायम राख्नुपर्ने, मास्क अनिवार्य गर्ने, प्रवेश गर्दा साबुनपानीले हात धुने वा स्यानिटाइज प्रयोग गर्नेलगायत मापदण्ड पालना गर्नुपर्ने छ ।

तोकिएको मापदण्ड पूरा नगरेको पाइए जुनसुकै बेला बन्द गराउने सकिने पनि सरकारले स्पष्ट पारेको छ ।