५ कार्तिक २०८३, बिहिबार

कुन–कुन शहरका विद्यालय गरिँदै छ बन्द ? (सूचीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । आज सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले देशमा मुख्य–मुख्य शहरका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिन नदिनका लागि सरकारले विद्यालयसहित बढी भीडभाड हुने तथा स्वास्थ्य मापदण्ड पालना गर्न मुश्किल पर्ने अन्य विभिन्न क्षेत्रहरु पनि बन्द गरेको छ ।

सरकारले हाललाई काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, चितवन, विराटनगर, इटहरी, धरान, वीरगन्ज, जनकपुर, भैरहवा, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र भीमदत्तनगरलगायत शहरका विद्यालयहरु वैशाख मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

यि क्षेत्रका विद्यालयहरुमा कोरोना संक्रमणको जोखिम उच्च रहेको निष्कर्षसहित सरकारले अनलाइनबाट कक्षा सञ्चालन गर्न सुझाव दिँदै भौतिक कक्षा बन्द गर्ने निर्णय गरेको छ ।