
काठमाडौं, ६ वैशाख । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शहरी क्षेत्रका विद्यालयदेखि हाटबजारसम्म बन्द गर्ने निर्णय गरेको छ ।
आज सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले रात्रिकालीन व्यवसाय, सिनेमा हल, डान्सबार, क्लव, दोहोरी साँझ, सभा जुलुस, दर्शकसहितको रंगशालामा हुने खेलकुद, जिमखाना, पार्टी प्यालेस, स्वीमिङ पुल, हाटबजारहरु बन्द गर्ने निर्णय गरेको हो ।
उल्लेखित स्थानमा जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न कठिन हुने भएकाले यही वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको बताइएको छ । यद्यपि दर्शकरहित खेल गतिविधि भने सञ्चालन गर्न सकिने छ ।
शनिबार बसेको सीसीएमसीको बैठकले गरेको सिफारिस बमोजिम जोखिम नियन्त्रणका लागि यस्तो निर्णय गरेको सरकारको भनाइ छ ।















प्रतिक्रिया