शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

अन्तराष्ट्रिय कल बाईपासमा संलग्न एक भारतीय नागरिकसहित दुई जना पक्राउ

दैनिक नेपाल २०७८ वैशाख ५ गते १५:४७

काठमाडौं, ५ वैशाख । अन्तर्राष्ट्रिय आगमन कल बाइपास गर्ने एक जना भारतीय नागरिकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोले भारतको पञ्जाब प्रदेशस्थित सन्तोकपुरा–१, जलान्धरका ३१ वर्षीय राना शाह र साविक रमौली बेरिया गाविस–६ रौतहटका स्यामुल खान भन्ने मोसलिम मियाँ अन्सारीलाई पक्राउ गरेको हो ।

उनीहरुले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैह्रकानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (भीओआईपी) सञ्चालन गर्दै आएको प्रहरीले बताएको छ ।

भीओआईपी सञ्चालन गर्नका लागी गैह्रकानुनी उपकरणहरु राखी गैह्र(कानुनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (भीओआईपी) सञ्चालन भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा काठमकाडौं चन्द्रागिरी नगरपालिका–२, बसण्डोलस्थित श्याम कृष्ण श्रेष्ठको घरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

कोठा भाडामा लिई राना शाहले भीओआईपी सञ्चालन गर्दै आएको प्रहरीले बताएको छ । राना शाहलाई पक्राउ गरी प्रारम्भिक सोधपुछका क्रममा उल्लेखित अवैध कल वाइपास गर्ने कार्यमा संलग्न बंगलादेशी मुलका नेपाली नागरीकताधारी स्यामुल खान भन्ने मोसलिम मियाँ अन्सारी समेतलाई शुक्रबार सोही स्थानबाट पक्राउ गरेको बताइएको छ ।

उनीहरुको साथबाट वरामद गरिएका सामानहरु–

  1. ६४ पोर्टको GOIP Gate Way थान-१ ।
  2. निलो रंगको DELL Company को Inspiron Mini Laptop थान-१ र ऐ को चार्जर थान १ ।
  3. Tele talk लेखिएको सेतो मोडियम थान १ ।
  4. TP Link कम्पनीको Desktop switch थान १ र ऐ को एडप्टर थान १ ।
  5. Redmi Note 6 Pro निलो रंगको मोबाईल फोन थान १ ।
  6. Pen drive थान १ ।
  7. NTC को प्रयोग नभएको रु १०० दरको रिचार्ज कार्ड थान २ ।
  8. मल्टी प्लग लगायतका विद्युतीय तारहरु ।
  9. LAVA कम्पनीको ARC 107 लेखिएको मोबाईल फोन थान १ ।
  10. SMART TEL को सिमकार्ड होल्डर थान २ ।
  11. SMART TEL को प्रयोग गरेको रु १०० दरको रिचार्ज कार्ड थान ५ ।
  12. SMART TEL को प्रयोग गरेको रु ५० दरको रिचार्ज कार्ड थान ४ ।
प्रतिक्रिया
सम्बन्धित