शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

रामबहादुर थापा पुनः गृहमन्त्रीमा नियुक्त

दैनिक नेपाल २०७८ वैशाख ५ गते १४:५७

काठमाडौँ, ५ वैशाख । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः गृहमन्त्रीमा नियुक्त गरेर कार्यभार तोकेकी छन् ।

आइतबार राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा थापालाई नियुक्ति गरिएको जनाएका छन् ।

ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषदमा संविधानको धारा ७८ को उपधारा (१) बमोजिम थापालाई कार्यभार तोकिएको विज्ञप्तिमा जनाइएका छ ।

थापाको राष्ट्रियसभा सदस्यको पद गुमेपछि स्वतः पदमुक्त भएका उनलाई पुनः नियुक्ति गर्नुपरेको हो । थापाले आजै ५ बजे गृहमन्त्रीको रुपमा सपथ लिँदैछन् ।

प्रतिक्रिया
सम्बन्धित