५ कार्तिक २०८३, बिहिबार

नवलपुरको दाउन्नेमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपुर, ५ वैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्नेमा यात्रुवाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

बुटवलबाट नारायणगढका लागि छुटेको ना ५ ख ७००० नम्बरको बस शनिबार साँझ अनियन्त्रित भई दाउन्नेमा दुर्घटना भएको थियो । दुर्घटनामा परी दुई दर्जन भन्दा बढी यात्रु घाइते भएका छन् ।

घाइते भएकामध्ये दुई जना महिला र एक जना पुरुषको उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

दुर्घटनामा परी इलाम बस्ने २५ वर्षीया धनु दर्लामी, मकवानपुर बकाया गाउँपालिका–५ घर भई हाल विनयी त्रिवेणी गाउँपालिका–२ स्थित गुम्बामा बस्ने ५७ वर्षीया ज्यामो हिसे छमो ग्याल्मो र चितवन भरतपुर महानगरपालिका–२५ बस्ने ७२ वर्षीय हिमलाल न्यौपानेको मृत्यु भएको छ ।

अन्य घाइतेहरुको भरतपुर तथा नवलपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।