शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ विजयी

दैनिक नेपाल २०७८ वैशाख ५ गते ११:५९

तनहुँ, ५ वैशाख । तनहुँ उद्योग वाणिज्य सङ्घको शनिबार साँझ सम्पन्न १६औँ महाधिवेशनबाट अध्यक्ष पदमा पविन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

जिल्लाका ७ वटा बजार एकाइका गरी कूल १ हजार ९५० मतदाता रहेकामा श्रेष्ठ ८०६ छ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी वैकुण्ठनाथ मिश्रले ६६५ मत प्राप्त गरे ।

तनहुँ उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदबाहेक अन्य सबै पदमा सर्वसम्मत भएको थियो । जसअनुसार सङ्घको प्रथम उपाध्यक्षमा इमकुमार मल्ल र द्वितीय उपाध्यक्षमा कुमार मल्ल सर्वसम्मत चयन भए ।

त्यसैगरी कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, सङ्घको एशोसिएट्समा शिवओम मल्ल र वस्तुगततर्फ कृष्ण सुनार सर्वसम्मत चयन भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित