५ कार्तिक २०८३, बिहिबार

टुकोनको महिला विभाग गठन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले महिला विभाग गठन गरेको छ ।

शनिबार गठन भएको उक्त विभागको प्रमुखमा सुशिला गिरी, उपाध्यक्षमा संगिता रिमाल, अनिता ठकुरी र मनमिरा श्रेष्ठ, सचिबमा सविना हुमागाईं र यमुना पुरी, कोषाध्यक्षमा सिजन श्रेष्ठ तथा सदस्यहरुमा विमला गिरी, सिमा राजवाहक, सविना थापा, जानुका रिजाल, सम्झना नेवा र गोमा विडारी चयन भएका छन् ।

नवगठित विभागका पदाधिकारी तथा सदस्यहरुलाई ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का अध्यक्ष हिक्मत जंग भण्डारी तथा राप्रपा वागमती प्रदेशका सांसद रिता माझीले खादा एवं टिका लगाएर स्वागत गरेको थिए ।

समितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्दै सांसद रिता माझीले महिलाहरु पनि पुरुषहरुसरह जस्तोसुकै काम गर्न पनि सक्षम भएको प्रमाणित गर्न टुकोन आवद्ध महिला विभागले उदाहरणीय कार्य गर्नेमा आफू विश्वस्त रहेको बताउँदै सफल कार्यकालको शुभकामना दिएका थिए ।

कार्यक्रममा राप्रपाका केन्द्रीय कार्य सम्पादन समिति सदस्य एवं टुकोनका अध्यक्ष हिक्मत जंग भण्डारीले महिला श्रमिकहरुलाई ज्यालामा हुनेगरेको विभेदका विरुद्धमा नवगठित महिला विभागले आवाज वुलन्द गर्ने विश्वास व्यक्त गदै भर्खरै केन्द्रीय महाधिवेशन सम्पन्न गरेको टुकोनले चाँडै नै अन्य विभागहरुलाई पूर्णता दिएर महासंघलाई अझ सशक्त बनाउने दृढता व्यक्त गरेका थिए ।