शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

दलित आन्दोलनका अगुवाको कोरोना सङ्क्रमणबाट निधन

दैनिक नेपाल २०७८ वैशाख ४ गते २१:३९

सांकेतिक तस्वीर

बाग्लुङ, ४ वैशाख । दलित आन्दोलनका अगुवा बागलुङका ओमबहादुर विकको कोरोना सङ्क्रमणको कारण निधन भएको छ ।

कोरोना सङ्क्रमणपश्चात काठमाडौँको एक अस्पतालमा उपचाररत विकको आज निधन भएको हो । विक विगत लामो समयदेखि दलित आन्दोलनको अगुवाइ गर्दै आएका थिए ।

दलित मुक्तिका लागि लड्दै आएका भगत सर्वजित विक प्रतिष्ठानका अध्यक्षसमेत रहेका विकको निधनले दलित आन्दोलनमा अपूरणीय क्षति पुगेको प्रतिष्ठानका सचिव ताराबहादुर विकले बताए । विसं २०११ मा बागलुङ नगरपालिका–७ कालीमाटीमा उनको जन्म भएको थियो ।

विकले उत्पीडित दलित समुदायको सञ्जाल नगर तथा जिल्ला समितिको नेतृत्वसमेत गरेका थिए । सुन, चाँदी व्यवसाय गर्दै आउनुभएका विक नेपाल सुन चाँदी व्यवसाय बागलुङको पूर्वध्यक्ष हुन् । विक सक्रिय राजनीतिमा समेत सहभागी हुँदै आएका थिए । –रासस

प्रतिक्रिया
सम्बन्धित