शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

कर्णालीमा फ्लोर क्रस गर्ने सांसदले पाए मन्त्री उपहार

दैनिक नेपाल २०७८ वैशाख ४ गते २१:१२

काठमाडौँ, ४ वैशाख । कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने नेकपा एमालेका सांसदहरुलाई मन्त्री बनाइएको छ ।

शुक्रबार प्रदेशसभा बैठकमा एमालेका ४ जना सांसदहरुको मतदानले २२ जना सांसदसहित बहुमत पाएका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले शनिबार मन्त्रिपरिषद हेरफेर गरेका हुन् ।

उनले फ्लोर क्रस गरेर आफूलाई साथ दिएका तीनै जना सांसदलाई मन्त्री बनाएका छन् ।

यसअघि उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मा पाएका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मा,
भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मा कुर्मराज शाहीलाई दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित