बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

एमालेद्वारा ३ प्रदेशसभा सांसदलाई निष्काशित, ज्वालालाई केन्द्रको जिम्मा

दैनिक नेपाल २०७८ वैशाख ४ गते १७:४२

काठमाडौँ, ४ वैशाख । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले फ्लोर क्रस गर्ने पार्टीका ३ सांसदलाई पार्टीबाट निष्काशन गरेको छ ।

शनिबार बसेको पार्टीको बैठकले उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको हो ।

बैठकले वैशाख ३ गतेदेखि नै लागू हुनेगरी प्रदेशसभा सदस्यत्रय नन्दसिंह बुढा, अमर बहादुर थापा र कुर्मराज शाहीलाई पार्टी सदस्यसमेत नरहने गरी निष्काशन गरिएको प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले जनाएका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै कारवाही गरिएको जानकारी गराएका हुन् ।

त्यस्तै पार्टीका राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्य समेत रहेका प्रकाश ज्वालालाई पार्टी पार्टी सदस्य समेत नरहने गरी निष्काशन गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्षमा उनीहरुले पार्टीको निर्णय विपरित मतदान गरेपछि एमालेले कारवाही गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित