५ कार्तिक २०८३, बिहिबार

सर्वदलीय बैठक : सभामुखले सरकारलाई असहयोग गरेको प्रधानमन्त्रीको आरोप

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सभामुखले सरकारलाई असहयोग गरेको बताएका छन् ।

आज शनिबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले संसदबाट कुनै पनि काम हुन नदिई सरकारलाई सभामुखले असहयोग गरेको बताएका हुन् ।

ओलीले सभामुख अग्नि सापकोटाको भूमिका अराजक र अनैतिक खाको भएको टिप्पणी समेत गरेका छन् । खासगरी एमसीसीको प्रक्रिया अगाडि नबढाएको भन्दै सभामुख सापकोटाप्रति प्रधानमन्त्री ओलीले आक्रोश पोखेका छन् ।

आजको बैठकमा बैठकमा कोरोना सङ्क्रमण रोकथाम, संसदमा अड्किएको एमसीसी परियोजना, रिक्त भएको ठाउँका उपनिर्वाचन, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल भएको छ ।