
काठमाडौं, ४ वैशाख । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा शुरू भएको छ ।
बैठकमा नेपाली कांग्रेस र जसपालगायत दलले सहभागिता जनाएका छन् भने नेकपा माओवादी केन्द्र र एमालेकै माधव–झलनाथ समूह अनुपस्थित छ ।
कोरोना महामारीको बढ्दो जोखिम नियन्त्रणका पहल, हिउँदे अधिवेशनसहित समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन् ।
बैठकमा ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विमलेन्द्र निधि,जसपाका नेता महन्थ ठाकुर,राप्रपाका प्रकाशचन्द्र लोहनी र नेमकिपाका प्रेम सुवाल, एमालेका ईश्वर पोखरेल, विष्णु पौडेल र सुवास नेम्वाङलगायत सहभागी छन् ।















प्रतिक्रिया