शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

एलाइभ सहकारीद्वारा अनाथालयका बालबालिकालाई खाद्यान्न तथा स्टेशनरी सहयोग

दैनिक नेपाल २०७८ वैशाख ४ गते १२:४७

काठमाडौं, ४ वैशाख । आफ्नो वार्षिकोत्सवको अवसरमा असन कमलाक्षीस्थित एलाइभ बचत तथा ऋण सहकारी संस्थाले एक अनाथालयका बालबालिकाहरुलाई खाद्यान्न तथा स्टेशनरी सामग्री सहयोग गरेको छ ।

संस्थाको १२औं वार्षिकोत्सवको अवसरमा बुधबार काठमाडौंको संगमचोकस्थित नयाँ नेपाल समाज केन्द्रमा आश्रित बालबालिकाहरुलाई खानपान र अध्ययनमा थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यअनुरुप संस्थाले सो सहयोग गरेको बताएको छ ।

सहकारीका अध्यक्ष शंकर बस्नेतले दिएको जानकारी अनुसार बालबालिकाहरुका लागि १५ हजार रुपैयाँ बराबरको खाद्यान्न र ६ हजार रुपैयाँ बराबरको स्टेशनरी सामग्री सहयोग गरिएको हो । साथै संस्थाका अध्यक्ष बस्नेतलगायत सञ्चालकहरुले व्यक्तिगत रुपमा ८ हजार २०० रुपैयाँ नगद सहयोग गरेको पनि उनले जानकारी दिए ।

सहयोग सामग्री ग्रहण गर्दै नयाँ नेपाल समाज केन्द्रका अध्यक्ष कृष्ण गुरुङले सहयोगी संस्थाप्रति धन्यवाद प्रकट गरे । सो अवसरमा संस्थाका व्यवस्थापक उमेश खड्काले आगामी दिनमा संस्थालाई सकेसम्मको सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

उक्त केन्द्रमा हाल ४५ जना बालबालिका आश्रित छन् ।

प्रतिक्रिया
सम्बन्धित