१४ कार्तिक २०८३, शनिबार

कर्णालीमा भएको अराजकता क्षम्य छैन, कारवाही हुन्छ: नेता ज्ञवाली

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ वैशाख । कर्णाली प्रदेशमा पार्टीको निर्णय विपरित नेकपा एमालेका ४ सांसदले मत हालेपछि मुख्यमन्त्री महेन्द्र बहादुर शाही सुरक्षित बनेकाे घटनालाइ एमाले नेता प्रदीप ज्ञवालीले अराजकता क्षम्य नभएको प्रतिक्रिया दिएका छन् ।

नेता ज्ञवालीले फ्लोर क्रस गर्ने सांसदहरुमाथि कारवाही हुने बताएका छन् ।

त्यस्तै, एमालेका कर्णाली प्रदेशका संसदीय दलका नेता यामलाल कँडेल फ्लोर क्रस गर्ने सांसदहरुबाट राजनीतिक अपराध गर्ने काम भएको प्रतिक्रिया दिए ।

‘पार्टीका माननीय साथीहरूबाट गलत हर्कत भयो । यो राजनीतिक अपराध हो । हामी अब बिधानअनुसार चल्नेछौँ’, उनले प्रतिक्रिया दिए ।

एमाले नेताहरुले पार्टीको निर्णय विपरित कदम चालेपछि ठूलै हलचल पैदा भएको छ ।