
काठमाडौँ, ३ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ हजार १५८ जनाको परीक्षण गर्दा गत २४ घण्टामा थप ८३६ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ८२ हजार ८ सय ९० जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप २०८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७४ हजार ८ सय १२ जना पुगेको छ ।देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८ जना रहेको छ ।
२४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ७० जना पुगेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा २३ लाख ३५ हजार ८४ जनाको पीसीआर परीक्षण भइसकेको छ ।












प्रतिक्रिया