
काठमाडौं, ३ वैशाख । काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा मेघगर्जनसहित वर्षा भएको छ ।
स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण आज पहाडी केही क्षेत्रमा पानी परेको मौसमविद्प्रहरुले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले काठमाडौं उपत्यकासहित भोजपुर, ओखलढुङ्गा, धनकुटालगायत क्षेत्रमा मेघगर्जनसहित पानी परिरहेको छ ।
प्रि–मनसुनमा स्थानीय वायुको प्रभावका कारण एकैछिनमा पानी पर्ने र घाम लाग्ने हुन्छ । बिहीबारदेखि प्रि–मनसुन सक्रिय भएकाले गएराति ठूलो हावाहुरीसहित चट्याङ्ग परेको उनको भनाइ छ ।
भोलि पनि देशका पहाडी क्षेत्रको मौसम यस्तै रहने उनले बताएकी छिन् ।















प्रतिक्रिया