
काठमाडौं, ३ वैशाख । कर्णाली प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत नदिने भएको छ ।
आगामी दिनमा जसलाई सहयोग गरे पनि अहिले राप्रपा तटस्थ बस्ने निर्णयमा पुगेसँगै मुख्यमन्त्री शाही थप कमजोर बन्दै गएका छन् । संसदमा एमालेका २० जना सांसद छन् भने माओवादी केन्द्रका १२ र कांग्रेसका ६ जना सांसद छन् ।
एमालेको बलमा मुख्यमन्त्री बनेका शाहीलाई विपक्षी दलको सबै मत प्राप्त गरे पनि बहुमत पुर्याउन कठिन छ । एमालेले शाहीलाई दिएको समर्थन चैत २० गते फिर्ता लिएको थियो ।















प्रतिक्रिया