शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा महाभारतका थिङ पक्राउ

दैनिक नेपाल २०७८ वैशाख ३ गते १२:१२

काभ्रे, ३ वैशाख । ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले २५ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ ।

बलात्कार गरेको अभियोगमा काभ्रेको महाभारत गाउँपालिका–५ का २५ वर्षीय आर्जन थिङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

थिङले ती महिलालाई बलात्कार गरेको खबर प्राप्त भएपछि प्रहरी चौकी फोक्सीङटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

यसैबीच १५ वर्षिया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-१२ बस्ने सुनकोशी गाउँपालिका-९ घर भएका ३९ वर्षीय दल बहादुर कार्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले ती किशोरीलाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका-१ मनहरा सुकुम्बासी बस्ती बस्ने स्याङजा वालिङ गाउँपालिका-५ घर भएका ३७ वर्षीय खेम बहादुर दर्जीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

दर्जीले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित