बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

चट्याङ परेर आगलागी हुँदा लिखुका दुई अध्यक्षको घर जल्यो

दैनिक नेपाल २०७८ वैशाख ३ गते १२:००

फाइल तस्वीर

ओखलढुंगा, ३ वैशाख । ओखलढुंगाको लिखु गाउँपालिका–८ मा गएराति चट्याङ परेर आगलागी हुँदा पालिका र वडाअध्यक्षको घर जलेको छ ।

गाउँपालिका अध्यक्ष गोविन्द पौडेल र वडाध्यक्ष विशाल पौडेलका तीनवटा घर जलेको हो । घर जलेको भए पनि मानवीय क्षति भने भएको छैन ।

ठूलो हावाहुरीपछि मध्यराति १ बजे परेको चट्याङबाट तीनवटा घर जलेपनि ति घरमा मान्छे नबस्ने भएकाले मानवीय क्षति नभएको बताइएको छ । तर, भागदौड हुँदा केही मान्छे घाइते भएको गाउँपालिका अध्यक्ष पौडेलले बताए ।

उनका अनुसार चट्याङपछि भाग्दौड हुँदा पौडेलकी बुहारीको खुट्टा भाँच्चिएको छ ।

प्रतिक्रिया
सम्बन्धित