बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

कम्तीमा एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको आग्रह

दैनिक नेपाल २०७८ वैशाख ३ गते ११:३६

काठमाडौं, ३ वैशाख । कोरोना भाइरुसको संक्रमणको दर पुनः तीव्र बनेसँगै काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय कम्तीमा एक साताका लागि बन्द गर्ने रणनीति बनाएको छ ।

महानगरपालिकाभित्रका प्रमुखहरुस्तरको बिहीबार बसेको बैठकले कोरोना भाइरसको संक्रमण देखिएको विद्यालय कम्पनीमा एक साता बन्द गर्ने निर्णय गरेको हो ।

कुनै पनि विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए सम्बन्धित विद्यालय कम्तीमा एक साताका लागि बन्द गर्नुपर्ने निर्णय महानगरले गरेको हो । संक्रमण नदेखिएका विद्यालयहरुमा भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सञ्चालन गर्न पनि महानगरले अनुरोध गरेको छ ।

तर, कोरोना संक्रमण देखिए एक हप्ता विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन महानगरले आग्रह गरेको हो ।

हेर्नुहो्स् महानगरले जारी गरेको सूचना-

प्रतिक्रिया
सम्बन्धित