बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

भारतबाट आएका सुर्खेतका एक जना कोरोना संक्रमितको नेपालगञ्जमा मृत्यु

दैनिक नेपाल २०७८ वैशाख ३ गते ११:२१

फाइल तस्वीर

बाँके, ३ वैशाख । कोरोना भाइरसको संक्रमण भएका सुर्खेतका ३१ वर्षीय एक युवकको आज शुक्रबार बिहान बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ ।

गुर्भाकोट नगरपालिका–१३ सुर्खेतका ती युवक एक साताअघि भारतबाट घर फर्किएका थिए । श्वासप्रश्वासमा समस्या भएपछि नेपालगञ्ज मेडिकल कलेज पुगेका उनलाई पीसीआर परीक्षणका क्रममा चैत ३१ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

सोही दिन नै उनी अस्पताल भर्ना भएका थिए । मृतकमा यसअघि कुनै पनि प्रकारको दीर्घ रोगको समस्या नभएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित