५ कार्तिक २०८३, बिहिबार

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । एमालेले समर्थन फिर्ता लिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन् ।

समर्थन फिर्तासहित एमालेका मन्त्रीहरुले राजीनामा दिएपछि कर्णालीका मुख्यमन्त्री शाही अहिले अल्पमतमा परेका छन् । आज शुक्रबार दिउँसो बस्ने प्रदेश सभाको बैठकमा शाहीले विश्वासको मत माग्ने भएका छन् ।

४० सदस्यीय प्रदेश सभामा एमालेका सभामुखसहित १९ , माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् ।

मुख्यमन्त्री शाहीलाई पदमा रहन २० सांसदको मत आवश्यक पर्छ ।