शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

रु रु जलविद्युत् परियोजनाको आईपीओ बाँडफाँट, १६ लाख ४५ हजारको हात खाली

दैनिक नेपाल २०७८ वैशाख ३ गते ९:४८

काठमाडौं, ३ वैशाख । एनएमबि क्यापिटलले रु रु जलविद्युत् परियोजनाको साधारण शेयर (आईपीओ) आज शुक्रबार बाँडफाँट गरेको छ ।

कम्पनीको विक्री प्रबन्धक समेत रहेको एनएमबि क्यापिटलको कार्यालयमा बिहान आईपीओ बाँडफाँट गरिएको हो ।

कम्पनीले निष्काशन गरेको आईपीओमा कुल १६ लाख ८३ हजार १२१ आवेदनबाट २ करोड ३५ लाख ४६ हजार ४४० कित्ता शेयर खरिद आवेदन परेको थियो । त्यसमध्ये ८ हजार ५३५ वटा आवेदन रद्द भएका छन् भने बाँकी १५ लाख ९० हजार ८९६ वटा आवेदन स्वीकृत भएका छन् ।

स्वीकृत आवेदनमध्ये न्यूनतम १० कित्ताका दरले ३७ हजार ९१६ जनालाई शेयर बाँडफाँट गरिएको छ । कम्पनीले चैत २० गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो ।

आइपीओको नतिजा केहीबेरपछि मेरो शेयरको रिजल्ट सेक्सन हेर्न सकिने बताइएको छ । साथै रु रु जलविद्युत् परियोजना र विक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइटमा पनि नतिजा उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित