शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

‘पढाईको नयाँ फण्डा–मेरोस्कुल’ सार्वजनिक

दैनिक नेपाल २०७८ वैशाख २ गते १३:४१

काठमाडौं, २ वैशाख । एस्ट्रीक टेक्नोलोजिले डिजिटल इ–लर्निङ प्लाटफर्म ‘मेरो स्कुल’ सार्वजनिक गरेको छ ।

कोभिड–१९ का कारण छुटेको पढाइलाई पूर्णता दिन र संक्रमण जोखिमका कारण भौतिक ट्यूसन तथा कोचिङ्ग पठाउन तथा जान नचाहने अभिभावक तथा विद्यार्थीहरुलाई लक्षित गर्दै यो प्लाटफर्म सार्वजनिक गरिएको हो ।

प्रविधिको युगमा यस्तो विषम परिस्थितिमा प्रविधिकै प्रयोग गरी विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले उक्त प्लाटफर्मको विकास गरिएको बताइएको छ । ‘पढाईको नयाँ फण्डा’ स्लोगनसहित सार्वजनिक भएको यो प्लाटफर्मले डिजिटल माध्यमबाट विद्यार्थीहरुको पढाइमा सहयोग गर्ने बताएको छ ।

के हो मेरो स्कुल ?

मेरो स्कुल एक डिजिटल ई–लर्निङ्ग प्लाटफर्म हो । जहाँ विद्यार्थी तथा अभिभावकले नेपाल सरकारको पाठ्यक्रममा आधारित ५ हजारभन्दा धेरै भिडियोहरु पाउने छन् । त्यसका साथै त्यहाँ पुराना प्रश्नपत्रहरु हल गरिएका भिडियोहरु पनि उपलब्ध गराइएको छ ।

यसका भिडियोहरु सबै एनिमिटेड र पिक्टोरियल फिचरद्वारा तयार पारिएको छ । यी भिडियोहरु दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सरल भाषामा तयार पारिएका हुन् ।

शैक्षिक पाठ्यक्रमका अलावा यहाँ विद्यार्थी तथा अभिभावकले डिजाइनिङ कोर्ष, ल्याङवेज कोर्र्षलगायतका कोर्षहरू पनि पाउन सक्ने छन् । यस प्लाटफर्म सार्वजनिक भएको उपलक्ष्यमा १ महिनाका लागि ट्यूटोरियल भिडियोहरु निःशुल्क हेर्न सकिने सुविधा समेत उपलब्ध गराइएको छ ।

प्रतिक्रिया
सम्बन्धित