५ कार्तिक २०८३, बिहिबार

मेलम्चीका ३४ वर्षीय वीरबहादुरद्वारा १८ वर्षीया किशोरी बलात्कृत

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ वैशाख । मेलम्चीका ३४ वर्षीय वीरबहादुर तामाङद्वारा १८ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ का ३४ वर्षीय वीरबहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

नागार्जुन नगरपालिका–६ फस्कुस्थित टहरामा वीरबहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।