
काठमाडौं, २ वैशाख । दोलखा, ललितपुर र धनकुटामा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएको छ ।
दोलखाको कालिन्चोक गाउँपालिका–९ थुम्का दाहाल गाउँ बस्ने ६५ वर्षीया ऋषि बजनाको घरमा विद्युत सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा उनका छोरा ३४ वर्षीय पर्वत अधिकारीको घरमा समेत फैलिएर घर, नगद ५५ हजार रुपैयाँ, सुन, लत्ताकपडा, भाँडावर्तन लगायतका सामान जलेर करिब ६० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यस्तै ललितपुरको बाग्मती गाउँपालिका–४ गडिभञ्ज्याङ छाप्रेडाँडा बस्ने ३५ वर्षीय ज्ञानबहादुर लामाको गोठमा कुँडो पकाउने क्रममा मंगलबार दिउँसो आगलागी हुँदासँगै जोडिएको घरमा फैलिएर घर, गोठ, भाँडावर्तन लगायतका विभिन्न सामानहरू जलेर करिब १५ लाख ३१ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यसैगरी धनकुटाको चौबीसे गाउँपालिका–५ बज्रमाईस्थित बुटयानी सामुदायिक वनमा लागेको डडेलोको कारण सोही स्थान बस्ने उत्तर बहादुर याखा र दिपबहादुर याखाको घरमा बुधबार दिउँसो आगलागी हुँदा दुवै जनाको गरी करिब ९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र स्थानीयवासीको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनाका साथै थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया