
लम्जुङ, २ वैशाख । मर्स्याङदी गाउँपालिका–३ थाकनस्थित हागो खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही सोही गाउँपालिका–३ की १३ वर्षीया नमूना परियारको बुधबार दिउँसो मृत्यु भएको छ ।
साथै उक्त खोलामा डुबेर सोही ठाउँ बस्ने १६ वर्षीया सिर्जना परियार वेपत्ता भएकी छिन् भने १३ वर्षीया मुस्कान परियारको स–कुसल उद्धार गरिएको छ । प्रहरी चौकी खुदी र जिल्ला प्रहरी कार्यालय लम्जुङबाट खटिएको प्रहरीले मुस्कानको स–कुशल उद्धार गरेको हो ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया