बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

नयाँ वर्ष २०७८ को पहिलो कारोबार : सुनचाँदीको मूल्य बढ्यो

दैनिक नेपाल २०७८ वैशाख २ गते १२:१०

काठमाडौं, २ वैशाख । नयाँ वर्ष २०७८ को पहिलो कारोबार दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेको छ ।

त्यसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३५० रुपैयाँ निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार २९० रुपैयाँ निर्धारण गरिएको छ ।

यसअघि मंगलबार छापावाल सुनको मूल्य १०० रुपैयाँले घटेर प्रतितोला ८९ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित