५ कार्तिक २०८३, बिहिबार

बिस्का जात्रा : आठौं पटक जिब्रो छेडाउँदै बुद्धकृष्ण

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २ वैशाख । बिस्का जात्रा अन्तरगत भक्तपुरको बोडेमा आज ‘मे प्वा खनिउ जात्रा’ अर्थात जिब्रो छेड्ने जात्रा हुँदैछ ।

यो वर्ष पनि बुद्धकृष्ण बाग श्रेष्ठले आठौं पटक जिब्रो छेडाउँदै छन् । त्यसका लागि उनी चैतको अन्तिम सातादेखि पानी मात्र खाएर निराहार बसिरहेका छन् ।

निरआहार बस्दा जिब्रोमा स्वाद नबस्ने र जिब्रो नरम हुने भएकाले उपवास बसेको बताइएको छ । यो वर्षका लागि पनि बोडेको लाकुछेंका नकर्मीहरुले जात्रामा जिब्रो छेड्नका लागि ११ इन्चको नटुचा तयार पारेर राखेका छन् ।

पेशाले एम्बुलेन्स चालक बुद्धकृष्णले अघिल्लो वर्ष कोरोनाको कारणले एम्बुलेन्स चलाउनुपरेकाले जिब्रो छेड्न पाएका थिएनन् ।