५ कार्तिक २०८३, बिहिबार

सगरमाथा इन्स्योरेन्सद्वारा ‘आरोग्य स्वास्थ्य बीमा’ योजना सार्वजनिक

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ चैत । सगरमाथा इन्स्योरेन्सले सगरमाथा ‘आरोग्य स्वास्थ्य बीमा’ योजना सार्वजनिक गरेको छ ।

मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी कम्पनीले उक्त योजना सार्वजनिक गरेको हो । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र कम्पनीका अध्यक्ष रामकृष्ण (आरके) मानन्धरले संयुक्त रूपमा उक्त बीमा योजनाको शुभारम्भ गरेका हुन् ।

नयाँ योजनामा व्यक्तिगत दुर्घटना बीमा, सामान्य स्वास्थ्य बीमा र गम्भीर प्रकारको रोगको जोखिम बहन हुने बताइएको छ । व्यक्तिगत दुर्घटना बीमामा ७ देखि १० लाख रुपैयाँ, सामान्य स्वास्थ्य बीमामा न्यूनतम १ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म र गम्भीर प्रकृतिका १८ रोगका लागि १ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्मको जोखिम बहन हुने छ ।

बीमितले वार्षिक १ हजार ६०० रुपैयाँ बीमा शुल्क भुक्तानी गरेपछि ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, १ लाख रुपैयाँको स्वास्थ्य उपचार बीमा र १ लाख रुपैयाँसम्मको गम्भीर प्रकृतिका जोखिमको बीमा हुने कम्पनीले जनाएको छ ।