५ कार्तिक २०८३, बिहिबार

कोरोना महामारी अन्त्य हुन अझै धेरै समय लाग्छ : डब्ल्यूएचओ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ चैत । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वभर फैलिएको कोरोना भाइरसको महामारी अन्त्य हुन अझै धेरै समय लाग्ने बताएको छ ।

डब्ल्यूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयसले महामारी सकिन अझै धेरै समय लाग्ने भएकाले स्वास्थ्य मापदण्डका उपायहरु पालना गर्नुपर्नेमा समेत डब्ल्यूएचओले जोड दिएको छ । विश्वभर नै कोरोनाका संक्रमित तथा यसबाट मृत्यु हुनेको संख्या लगातार बढिरहेकाले स्वास्थ्य मापदण्डको पालना र आत्मसंयमता कायम गर्न डब्ल्यूएचओले आग्रह गरेको हो ।

डब्ल्यूएचओकी इपिडिमियोलोजिष्ट मारिया भानका अनुसार संक्रमण दर पछिल्लो हप्ता ९ प्रतिशत र मृत्युदर ५ प्रतिशतले बढेको छ ।

गएको २४ घण्टामा विश्वभर झण्डै ९ हजार कोरोना संक्रमितको मृत्यु भएको छ भने विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ लाख ५८ हजार नाघेको छ ।