५ कार्तिक २०८३, बिहिबार

२४ घण्टामा १३ जना संक्रमितको मृत्यु, थप ५५९ जनामा संक्रमण पुष्टि

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । पछिल्लो २४ घण्टामा नेपामा १३ जना संक्रमितको मृत्यु भएको छ ।

यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५३ जना पुगेको छ ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा पीसीआर ४९६ र एन्टिजेन ६३ गरी ५५९ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ५ हजार १०५ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ८० हजार ५२४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ७४ हजार १६५ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ३०६ जना छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा २३ लाख १७ हजार २८४ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ३ हजार ३०६ जना आइसोलेसन र ८५ जना क्वारेन्टिनमा छन् ।